NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व पञ्चमी - ५

परिचय

नेपाल सरकार भूमि व्यस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी बिभाग अन्तर्गत रहेको नापी कार्यालय तेह्रथुम बि.स. २०३६ सालमा नापी शाखाको रुपमा स्थापना भई मिति २०६५।११।०२ को मन्त्रीपरिषदको निर्णयअनुसार नापी कार्यालय तेह्रथुमको रुपमा स्थापना भएको हो। यस नापी कार्यालयले तेह्रथुम जिल्ला अन्तर्गत साविक २३ गा.बि.स. (हाल २ नगरपालिका, २ गाउँपालिका र १ गाउँपालिकाको २ वडा गरि जम्मा ५ स्थानिय तह) भित्रको कित्तानापी नक्सा अध्यावधिक, तथा भूमि सम्बन्धी नाप जाँच (नया नापी बाहेक) सम्बन्धी कार्य गर्दै आएको छ। यो कार्यालय तेह्रथुम जिल्लाको म्याङ्लुङ् नगरपालिका वडा नं. २ मा रहेको छ ।

तेह्रथुमको भौगोलिक अवस्था हेर्दा ६७९ बर्ग किलोमिटर क्षेत्रफल रहेको छ। छिमेकी जिल्लाहरुमा पूर्वमा पाँचथर पश्चिममा सङ्खुवासभा र धनकुटा, उत्तरमा ताप्लेजुङ र सङ्खुवासभा र दक्षिणमा धनकुटा र पाँचथर रहेको पाइन्छ।